राष्ट्रिय वाणिज्य बैंकको ४.५ प्रतिशत लाभांश घोषणा
बैंकको २४४०औं बैठकले २०७७ असार मसान्तसम्म कायम चुक्ता पुँजको २.५० प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।
काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले आफ्ना सेयरधनीलाई ४.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको २४४०औं बैठकले २०७७ असार मसान्तसम्म कायम चुक्ता पुँजको २.५० प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।
राष्ट्रिय वाणिज्य बैंकको १५औँ वार्षिक साधारण सभा माघ २८ गते बुधबार भर्चुअल माध्यमबाट बस्ने भएको छ ।
प्रकाशित मिति: १६:०९ बजे, बिहीबार, माघ ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











