दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम ७ अर्बमाथि
नेप्से २८.८९ अंकले बढेर २ हजार ३७१. ६६ बिन्दुमा बन्द भएको छ ।
काठमाडौं– सेयर बजार परिसूचक (नेप्से) आज दोहोरो अंकले बढेको छ । नेप्से २८.८९ अंकले बढेर २ हजार ३७१. ६६ बिन्दुमा बन्द भएको छ ।
कारोबार रकमसमेत बुधबारको तुलनामा बढेको छ । आज ७ अर्ब ७९ करोड ८५ लाख २८ हजार ४३३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
बैंकिङ र म्युचुअल फन्डबाहेकका सबै उपसूचक बढेका छन् । कुल बजार पुँजीकरण ३२ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ ।
प्रकाशित मिति: १५:४२ बजे, बिहीबार, माघ ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











