नेपाल इन्फ्रास्ट्रक्चरको आइपिओमा १८ अर्बको आवेदन
बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले दिएको प्रारम्भिक जानकारीअनुसार कूल ७ अर्ब ५८ करोडको साधारण सेयरमा झन्डै १८ अर्ब ९ करोड ८५ लाख ८० हजार बराबरको आवेदन परेको हो । बैंक तथा वित्तीय संस्थामा प्रत्यक्ष आवेदन दिनेको संख्या केही थपिन सक्ने बताइएको छ ।काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयरको आवेदन दिने आज अन्तिम दिन साँझसम्म कूल १५ लाख २६ हजार बराबरको आवेदन परेको छ । बैंक तथा वित्तीय संस्थामा बुझाइएका आवेदनको मूल्यांक भने गर्न बाँकी रहेको छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले दिएको प्रारम्भिक जानकारीअनुसार कूल ७ अर्ब ५८ करोडको साधारण सेयरमा झन्डै १८ अर्ब ९ करोड ८५ लाख ८० हजार बराबरको आवेदन परेको हो । बैंक तथा वित्तीय संस्थामा प्रत्यक्ष आवेदन दिनेको संख्या केही थपिन सक्ने बताइएको छ ।
सो बैंकको साधारण सेयरमा १५ लाख २६ हजार ५२७ वटा आवेदन परेको हो । बिक्री प्रबन्धकका अनुसार १८ करोड ९ लाख ८५ हजार ८०० कित्ताका लागि माग आएको छ । कम्पनीले सर्वसाधारणतर्फ ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर बिक्री गरेको हो । यस्तै १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४० लाख कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको थियो ।
साधारण सेयर यही माघ २ गतेदेखि आजसम्म बिक्री गरिएको हो । पूर्वाधारको क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ सो बैंकको अहिले साधारण सेयर बिक्रीपछि चुक्ता पुँजी २० अर्ब पुग्नेछ ।