नेप्से : करिब २० कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि
धितोपत्र कारोबारमा आज करिब २० कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
काठमाडौं– धितोपत्र कारोबारमा आज करिब २० कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । सिभिल लघुवित्त, विशाल बजार, गोर्खा फाइनान्स, नारायणी डेभलपमेन्ट बैंकलगायतको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको हो ।
आज नेप्से १७.३१ अंकले बढेर २ हजार ३३२.३१ अंकमा बन्द भएको छ भने ६ अर्ब ३१ करोड ४६ लाख ६४ हजार १६७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । हाइड्रोपावर उपसूचकमा सामान्य करेक्सन देखिएको छ भने अन्य सूचक बढेका छन् ।
प्रकाशित मिति: १६:२९ बजे, सोमबार, माघ ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











