स्वाभिमान लघुवित्तको लाभांश घोषणा
स्वाभिमानको सञ्चालक समितिको बैठकले कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
काठमाडौं– स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले २०७६/७७ सम्मको मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । स्वाभिमानको सञ्चालक समितिको बैठकले कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात् सेयरधनीलाई वितरण गरिनेछ ।

प्रकाशित मिति: १३:०१ बजे, सोमबार, माघ ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











