सिंगटी हाइड्रोको आइपिओ खुल्यो
सिंगटीले दोलखा जिल्लाका बिखु र कालिञ्चोक गाउँपालिकाका स्थानीयलाई प्रतिसेयर सय रुपैयाँका दरले १४ लाख ५० हजार कित्ता बिक्री खुला गरेको हो ।
काठमाडौं– सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आइपिओ बिक्री खुला गरेको छ । सिंगटीले दोलखा जिल्लाका बिखु र कालिञ्चोक गाउँपालिकाका स्थानीयलाई प्रतिसेयर सय रुपैयाँका दरले १४ लाख ५० हजार कित्ता आइपिओ बिक्री खुला गरेको हो ।
स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्मका लागि माघ १८ गतेसम्म आइपिओमा आवेदन दिन पाउनेछन् । निष्कासित सबै सेयरका लागि आवेदन नपरेमा फागुन ३ गतेसम्म आवेदन दिन पाइनेछ । बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ
प्रकाशित मिति: १३:४६ बजे, आइतबार, माघ ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











