Kathmandu Press

काठमाडौ प्रेस किन ?

अहिले विश्वभरिकै पत्रकारहरूले आफैसँग एउटा प्रश्न गरिरहेका छन् – के पत्रकारिताको भविष्य छ ?

सञ्चार माध्यमको मूल कर्तव्य जनतालाई सूचित गर्नु हो भने त्यो ....

काठमाडौ प्रेस किन ?

अहिले विश्वभरिकै पत्रकारहरूले आफैसँग एउटा प्रश्न गरिरहेका छन् – के पत्रकारिताको भविष्य छ ?

सञ्चार माध्यमको मूल कर्तव्य जनतालाई सूचित गर्नु हो भने त्यो काम त अहिले सामाजिक सञ्जालले नै गरिरहेको छ । अहिले त जसले पनि सूचना सम्प्रेषण गर्न सक्छ र जो पनि पत्रकार हो ।

त्यसो भए अब पत्रकारिताको खाँचो किन पर्यो ? पत्रकारको काम नै के छ र ?  यी र यस्तै विषयमा हामी घोत्लियौं र हाम्रो निष्कर्ष रह्यो – अहिले पत्रकारिताको खाँचो झन् बढी छ । किनकि, सामाजिक सञ्जाल पत्रकारिताकै एउटा आयाम त बन्न सक्छ । तर, यसले पत्रकारिताकै धर्म निर्वाह गर्न सक्दैन ।

Hardik ivf

सामाजिक  सञ्जालले सूचना मात्रै दिँदैन, भ्रमहरू पनि छर्छ । विचारको लोकतान्त्रिकरणमात्रै गर्दैन, घृणा पनि फैल्याउँछ । यसैले, व्यवसायिक र निष्ठामा आधारित पत्रकारिताको आवश्यकता र महत्व अहिले झन् धेरै छ ।  

विश्वभरि अखबारहरूको बिक्री तीव्र रुपले घटिरहेको छ । नेपालमै पनि अखबार पढ्ने पाठकको संख्या घट्दैछ । टिभी हेर्ने र रेडियो सुन्ने फुर्सद कमैलाई छ । यसैले, न्यू मिडिया अब पत्रकारिताको मूल धार बन्ने क्रममा छ  । यसैले, हामी काठमाडौं प्रेस नामक नयाँ मल्टीमिडिया अनलाइन लिएर तपाईंहरूसमझ आएका छौं ।

सानो लगानीमा चल्ने भएकोले न्यू मिडिया ‘कर्पोरेट प्रभाव’ बाट तुलनात्मक रुपले टाढा हुन्छ । यसैले, काठमाडौं प्रेस स्वतन्त्र र व्यवसायिक न्यू मिडिया बन्नेमा कुनै शङ्का छैन ।

धेरैलाई भ्रम छ – पत्रकारिता निष्पक्ष हुनुपर्छ । हामी यो भ्रमबाट मुक्त छौं । हामी निष्पक्ष छैनौं । र, कहिल्यै हुँदैनौं पनि ।  किनकि, हामी सधैं उत्पीडित,  सीमान्तकृत र आवाजविहीन वर्गको पक्षमा हुनेछौं । राज्यको शासन प्रणाली सुधार्ने र समतामूलक राज्य निर्माण गर्ने उद्देश्यबाट हामी कहिल्यै विचलित हुने छैनौँ ।

नयाँ संविधान जारी भएसँगै नयाँ शासन पद्धतिमा हामी अहिले अभ्यासरत छौँ । दशकौंदेखिको केन्द्रीकृत व्यवस्थामा शासन गर्दै आएको शासक वर्गले जनताले ल्याएको परिवर्तनलाई आत्मसात गर्न नसकेको मात्र हैन, केन्द्रीकृत मानसिकता नै त्याग्न गाह्रो भएको महशुस भएको छ । सात प्रदेश र ७५३ स्थानीय तहसम्म अधिकार विकेन्द्रित गर्नुपर्ने अहिलेको अवस्थालाई काठमाडौंमा बसेर देशलाई हाँक्न मरिहत्ते गर्ने शासक वर्गको सोंचमा परिवर्तन नभएसम्म मुलुकले नयाँ बाटो पहिल्याउन मुश्किलमात्रै होइन, असम्भव नै छ भन्ने हाम्रो ठम्याई छ ।

बिगत केही दशकभित्र मुलुकमा भएको परिवर्तनलाई आशालाग्दो नै मान्नु पर्छ । जनताका लागि जनताले गर्ने शासनलाई सफल पार्न मुलभूत रुपमा केही कुरामा अझ ध्यान पुर्याउनुपर्ने देखिन्छ । जुन सोंचले राजनीतिक परिवर्तन भए, त्यसले चाहेको परिवर्तनलाई परिणाममूलक बनाउन अझै धेरै प्रयत्न गर्नुपर्ने देखिन्छ । सदियौंदेखि सीमान्तकृत वर्ग – महिला, दलित, जनजाति, मधेसी र दुर्गमका बासिन्दा – सम्मलाई राज्यको शासन ब्यवस्थामा सम्मिलित गराउने प्रयत्न भने अझै हुन बाँकी नै छ । समतामूलक र न्यायपूर्ण समाजको परिकल्पनालाई साकार तुल्याउन अहिले पनि धेरै काम गर्न बाँकी नै छ । हामी  यी प्रयत्नलाई सफल पार्ने अभियानमा सरोकारवालासँग सहकार्य गर्नेछौं ।

यी सबै परिवर्तनको एक प्रमुख संवाहक भने देशको सञ्चार क्षेत्रलाई नै मान्नु पर्छ । २०४७ सालको राजनीतिक परिवर्तनपछि संचार क्षेत्रमा भएको परिवर्तनले अहिले लामो समय ब्यतीत गरिसकेको छ । सरकारी सञ्चार माध्यम र केही ‘मिसन पत्रकारिता’ गर्ने साप्ताहिक मात्र प्रकाशन हुँदै आएको अवस्थाबाट सुरु भएको यो परिवर्तन अहिले आएर दर्जनौं दैनिक ब्रोडसिट, हजारौं साप्ताहिक र मासिक पत्रपत्रिका, दर्जनौं टेलिभिजन, सयौं ब्यावसायिक तथा सामुदायिक रेडियो स्टेसन र सयौं अनलाईन समाचार पोर्टलहरुसम्म आईपुगेको छ ।

हामी लोकतन्त्रको आधारभूत मूल्य र मान्यतामा विश्वास राख्छौँ । हामी संविधानले सुनिश्चित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा वकालत गर्छौँ । यस सिलसिलामा हामी अनलाइन समाचार पोर्टलमा विविध माध्यमको प्रयोग गर्नेछौँ । काठमाडौँ प्रेस पढ्ने माध्यम मात्र हैन सुन्ने र हेर्ने माध्यम पनि हुनेछ । देशकै एक प्रमुख मल्टिमिडिया समाचार पोर्टलको रुपमा काठमाडौं प्रेसलाई अघि बढाउने छौं । पाठक, स्रोता र दर्शकका लागि एउटा भरपर्दो, विश्वसनीय र साँचो अर्थमा ‘जनताको संचार माध्यम’ को रुपमा काठमाडौं प्रेस सदैव रहने कुरामा हाम्रो ध्यान केन्द्रीत रहने विश्वास दिलाउन चाहन्छौँ ।

प्रकाशित मिति: १५:५० बजे, बिहीबार, माघ १०, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मैले चिनेका दमन दाइ
मैले चिनेका दमन दाइ
दशैंकाे भाग
दशैंकाे भाग
दसैं हिन्दुको कि नेपालीको?
दसैं हिन्दुको कि नेपालीको?