निफ्राकाे आइपिओ आजबाट खुला
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को साधारण सेयर (आइपिओ) आजबाट खुला गरिएको छ । निफ्राले सर्वसाधारणका लागि प्रतिसेयर एक सय रुपैयाँका दरले ८ अर्ब रुपैयाँको आइपिओ खुला गरेको हो ।काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को साधारण सेयर (आइपिओ) आजबाट खुला गरिएको छ । निफ्राले सर्वसाधारणका लागि प्रतिसेयर एक सय रुपैयाँका दरले ८ अर्ब रुपैयाँको आइपिओ खुला गरेको हो । नेपाली सेयर बजारमा निफ्राकाे आइपिओ नै हालसम्मकाे ठुलाे आइपिओ हाे ।
निष्कासित कुल आइपिओमध्ये ०.२० प्रतिशत कर्मचारी र ५ प्रतिशत सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । सर्वसाधारणले ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् ।
निफ्राको आइपिओमा आजदेखि माघ ६ गतेसम्म आवेदन दिन पाइनेछ । माघ ६ सम्म निष्कासित सबै आइपिओ माग नभएमा माघ १६ गतेसम्म आवेदन दिन पाइनेछ । पछिल्लो समय डिम्याट खाता खोल्नेको संख्या बढ्दै गएकाले माघ ६ भित्रैमा निष्कासित आइपिओका लागि आवेदन पर्ने देखिन्छ ।
प्रकाशित मिति: १२:२६ बजे, शुक्रबार, माघ २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेप्से १४ अंकले बढ्दा कारोबार १० अर्ब पुग्याेबिहीबार, कात्तिक २९, २०८१
नेप्से ६४ अंकले बढ्यो, हालसम्मकै उच्च कारोबारबुधबार, साउन १६, २०८१
नेप्से दोहोरो अंकले घट्यो, १६ अर्ब २० करोडको कारोबारबुधबार, साउन ९, २०८१
नेप्से ७५ अंकले बृद्धि, १४ अर्ब ११ करोडको कारोबारमंगलबार, साउन ८, २०८१