नेप्से परिसूचकले लगातार चाैथाेपटक बनायो अल टाइम हाईको रेकर्ड
नेप्से परिसूचकले गत बुधबारदेखि लगातार चौथो दिनसम्म नयाँ रेकर्ड बनाएको छ । नेप्सेले गत बुधबार २१७८.५७, बिहीबार २१९४.४९, आइतबार २२३५.७२ र आज २२३९.४२ गरी लगातार चार कारोबारमा हालसम्मकै उच्च बिन्दुको नयाँ रेकर्ड बनाएको हो ।
काठमाडौं– नेप्से परिसूचकले गत बुधबारदेखि लगातार चौथो दिनसम्म नयाँ रेकर्ड बनाएको छ । नेप्सेले गत बुधबार २१७८.५७, बिहीबार २१९४.४९, आइतबार २२३५.७२ र आज २२३९.४२ गरी लगातार चार कारोबारमा हालसम्मकै उच्च बिन्दुको नयाँ रेकर्ड बनाएको हो ।
आज नेप्से परिसूचक ३.७ अंकले बढेर २२३९.४२ अंकमा बन्द भएको छ । बैंकिङ, विकास बैंक, हाइड्रो पावर, फाइनान्स र निर्जीवन बिमा उपसूचक बढेका छन् । आइतबारको तुलनामा आज कारोबार रकम भने घटेको छ । नेप्सेका अनुसार ५ अर्ब ५२ करोड ४८ लाख ३२ हजार ९९३ रुपैयाँ बराबरको कारोबार भएको छ । आरम्भ चौतारी, नारायणी डेभलपमेन्ट, युनाइटेड फाइनान्सलगायतको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
प्रकाशित मिति: १५:२६ बजे, सोमबार, पुस २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











