लगातार नयाँ रेकर्ड बनाउँदै नेप्से, आज कारोबार रकमसमेत बढ्यो
नेप्से परिसूचकले गत बुधबार २१७८.५७, बिहीबार २१९४.४९ र आज २२३५.७२ गरी लगातार तीन कारोबारमा हालसम्मकै उच्चबिन्दुकाे नयाँ रेकर्ड बनाएको हो ।
काठमाडौं– नेप्से परिसूचकले दिनहुँ नयाँ रेकर्ड बनाउँदै गएको छ । नेप्से परिसूचकले गत बुधबार २१७८.५७, बिहीबार २१९४.४९ र आज २२३५.७२ गरी लगातार तीन कारोबारमा हालसम्मकै उच्चबिन्दुकाे नयाँ रेकर्ड बनाएको हो ।
आज नेप्से परिसूचक ४१.२४ अंकले बढेर २२३५.७२ अंकमा बन्द भएको छ । प्रभुलाइफ इन्स्योरेन्स, नारायणी डेभलपमेन्ट, आरम्भ चौतारी लघुवित्त, कुमारी बैंकलगायत कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । कारोबार रकमसमेत बढेको छ । नेप्सेका अनुसार ६ अर्ब ३२ करोड ६६ लाख ४६ हजार ८०६ रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
प्रकाशित मिति: १५:५६ बजे, आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











