निर्धन उत्थान लघुवित्तले घोषणा गर्यो लाभांश
निर्धन उत्थान लघुवित्तले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट आफ्ना सेयरधनीलाई १३।६८५ लाभांश वितरण गर्ने घोषणा गरेको छ । निर्धनले हाल कायम चुक्ता पुँजीको १३ प्रतिशत बोनस सेयर र करका लागि ०.६८ प्रतिशत लांभाश वितरण गर्ने घोषणा गरेको हो ।
काठमाडौं– निर्धन उत्थान लघुवित्तले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट आफ्ना सेयरधनीलाई १३।६८५ लाभांश वितरण गर्ने घोषणा गरेको छ । निर्धनले हाल कायम चुक्ता पुँजीको १३ प्रतिशत बोनस सेयर र करका लागि ०.६८ प्रतिशत लांभाश वितरण गर्ने घोषणा गरेको हो ।
निर्धनको विज्ञप्तिमा उल्लेख छ, ‘बोनस सेयर १३ प्रतिशतले हुन आउने १९ करोड ५० लाख र नगद लाभांश ०.६८ प्रतिशतले हुन आउने १ करोड २ लाख ६३ हजार १५८ वितरण गर्ने प्रस्ताव गरेको बेहोरा जानकारीका लागि अनुरोध छ ।’
सेयरधनीले सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई वार्षिक साधारण सभाबाट पारित भएपछि पाउनेछन् ।

प्रकाशित मिति: १२:४६ बजे, आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











