आजबाट खुल्यो चन्द्रागिरी हिल्सको आइपिओ
कुल निष्कासित आइपिओमध्ये ६१ हजार ३६४ कित्ता कर्मचारी र ७६ हजार ७०५ कित्ता म्युचुअल फन्डलाई छुट्याइएर बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
काठमाडौं– चन्द्रागिरी हिल्सले आज ( २४ पुुस)देखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गरेको छ । चन्द्रागिरीले १०० रुपैयाँ दरमा १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँबराबरको कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपिओ सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।
कुल निष्कासित आइपिओमध्ये ६१ हजार ३६४ कित्ता कर्मचारी र ७६ हजार ७०५ कित्ता म्युचुअल फन्डलाई छुट्याइएर बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
सर्वसाधारणले न्यूनत्तम १० कित्तादेखि १३ हजार ९६० कित्ताका लागि पुस २८ सम्म आवदेन दिन सक्नेछन् । त्यस अवधिसम्म सबै आइपिओका लागि आवेदन नपरेमा माघ ९ गतेसम्म आवेदन दिन पाइनेछ ।
प्रकाशित मिति: १४:२१ बजे, शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











