Kathmandu Press

बुक बिल्डिङ विधिका लागि ४६ कम्पनी योग्य (सूचीसहित)

बोर्डले प्राप्त ६२ वटा कम्पनीको निवेदनबाट ४६ वटा संगठित संस्थालाई बुक विल्डिङ विधिमार्फत धितोपत्रको सार्वजनिक निष्कासन गर्न योग्य कम्पनीका रुपमा छनोट गरेको हो । 
बुक बिल्डिङ विधिका लागि ४६ कम्पनी योग्य (सूचीसहित)

काठमाडौं– नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ विधिमार्फत धितोपत्रको सार्वजनिक निष्कासन गर्न योग्य कम्पनी छनोट गरेको छ । बोर्डले प्राप्त ६२ वटा कम्पनीको निवेदनबाट ४६ वटा संगठित संस्थालाई बुक विल्डिङ विधिमार्फत धितोपत्रको सार्वजनिक निष्कासन गर्न योग्य कम्पनीका रुपमा छनोट गरेको हो । 

बोर्डको पे्रस विज्ञप्तिमा उल्लेख छ, ‘निवेदक संस्थाको वित्तीय तथा व्यवस्थापन पषको अध्ययन गरी निर्देशिका (बुक बिल्डिङ निर्देशिका, २०७७) बमोजिमको कागजात तथा विवरण पेस गरेका ४६ संगठित संस्थालाई योग्य संस्थागत लगानीकर्ताका रूपमा कार्य गर्न बोर्डले स्वीकृति प्रदान गरेको छ ।’

योग्य कम्पनीमा प्रभु क्यापिटल, मुक्तिनाथ क्यापिटल लिमिटेड, एनआइसी एसिया क्यापिटल लिमिटेडलगायत छन् ।

 


 

प्रकाशित मिति: १८:०९ बजे, बिहीबार, पुस २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्