हाइड्रोका लगानीकर्ता मालामाल, नेप्सेमा सामान्य करेक्सन
३.५४ अंकले घटेको सेयर बजारमा आज हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै ३.१२ प्रतिशतले बढेर हाइड्रोका लगानीकर्ता मालामाल भएका हुन् ।
काठमाडौं– सेयर बजारमा साताको तेस्रो दिन हाइड्रोका लगानीकर्ता मालामाल भएका छन् । ३.५४ अंकले घटेको सेयर बजारमा आज हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै ३.१२ प्रतिशतले बढेर हाइड्रोका लगानीकर्ता मालामाल भएका हुन् ।
हिमाली दोलखा, रिदी हाइड्रोपावर, जोशी हाइड्रोपावर, आँखुखोला हाइड्रोपावर र घलेम्दी हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । त्यस्तै, माउन्टेन हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, बरुण हाइड्रोपावरलगायतको सेयर मूल्य पनि बढेको छ ।
प्रकाशित मिति: १५:५९ बजे, मंगलबार, पुस २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











