Kathmandu Press

'अल टाइम हाई' नेप्सेमा नेसनल लाइफ इन्स्योरेन्सको उच्च कारोबार

कारोबारका आधारमा आज नेपाल  लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको  ५० करोड ९५ लाख ७५ हजार २२८ बराबरको कारोबार भयो । 
'अल टाइम हाई' नेप्सेमा नेसनल लाइफ इन्स्योरेन्सको उच्च कारोबार

काठमाडौं–  कारोबारका आधारमा आज नेपाल  लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको  ५० करोड ९५ लाख ७५ हजार २२८ बराबरको कारोबार भयो । 

त्यस्तै धितोपत्र बजारमा आज सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । साताको पहिलो दिन नेप्सेमा उछाल आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार ८८.१२ बिन्दुले बढेर २ हजार १७५.३९ मा पुगेको छ ।     

Hardik ivf

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापक परिसूचक १७.१८ बिन्दुले उकालो लागेर ४१५.८८ बिन्दुमा पुगेको छ । कूल २१२ कम्पनीका १ करोड ४० लाख २६ हजार ८८६ कित्ता सेयर ६ अर्ब ३४ करोड ४० लाख १७ हजार ८८९ मूल्यमा कारोबार भएको छ । लगातार बजार उकालो लाग्दा बजार पुँजीकरण  २९ खर्ब २७ अर्ब २७ करोड २९ लाख बराबर पुगेको छ ।     

लगातार बजार उकालो लागेर नेप्से नयाँ बिन्दुमा मात्रै पुगेको छैन, नयाँ इतिहास कायम भएको छ । हालसम्मकै उच्च बिन्दुमा नेप्से पुगेको छ । कारोबार भएका कुल १२ उपसमूहकै सेयर उकालो लागेको छ । बैंकिङ ७०.९२, व्यापार २२१.५७, होटल ३४.८४, विकास बैंक ४६.१, जलविद्युत् ३८.९३, वित्त ७.६६, निर्जीबन बिमा २६८.४२, उत्पादन २६४.४४, अन्य १०३.४४, लघुवित्त ७७.६, जीवन बिमा ५५०.९५ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले उकालो लागेको छ ।     

उच्च कारोबार गर्ने कम्पनी
नेपाल  लाइफ इन्स्योरेन्स पछि प्राइम बैंक  ५० करोड २६ लाख २ हजार ७९८, नेपाल दूरसञ्चार कम्पनी  ४५ करोड ७ लाख ९१ हजार १०१, नेपाल पुनर्बिमा कम्पनी २७ करोड ५२ लाख ५९ हजार ५१४, एनआइसी एसिया बैंक  २७ करोड ३७ लाख ९६ हजार ७७९, एभरेस्ट बैंक १९ करोड १७ लाख ५० हजार ६७८, शिवम् सिमेन्ट १९ करोड १ लाख ६४ हजार ७९९, प्रभु बैंक  १८ करोड ८६ लाख २६ हजार २८९ र नबलि बैंक  १६ करोड ८१ लाख ९ हजार ६८३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेका छन् ।     

कारोबार भएका कूल कम्पनीमध्ये १५२ कम्पनीको सेयर उकालो लागेको छ भने १४ कम्पनीको सेयर ओरालो लागेको छ । यस्तै आठ कम्पनीको सेयरमा भने कुनै परिवर्तन भएन । कारोबारका आधारमा साल्ट टे«डिङ कर्पोरेसन १०, हिमालयन डिस्टिलरी १०, नेपाल पुनर्बिमा कम्पनी ९.९७, प्राइम बैंक ९.८६, कुमारी बैंक ९.१३, गुराँस लघुवित्त ९.११, नेसनल माइक्रोफाइनान्स ९.११, आशा लघुवित्त ८.१२, नेपाल दूरसञ्चार कम्पनी ७.७८ र सिटिजन बैंकका लगानीकर्ताले ७.०९ प्रतिशतले कमाए ।     

बुलिस मार्केटमा गुमाउने कम्पनी 
त्यस्तै राधी विद्युत् कम्पनी ४.२९, शिवश्री हाइड्रोपावर ३.२९, युनाइटेड फाइनान्स ३.२३, बुटवल पावर २.२२, नेपाल इन्भेस्टमेन्ट बैंकको डिबेन्चर २.०, छ्याङदी हाइड्रोपावर १.९४, नेपाल एबिआई डिबेन्चर १.८८ र रिलायन्स फाइनान्सका लगानीकर्ताले १.२० प्रतिशतले गुमाए ।     

प्रकाशित मिति: १७:५१ बजे, आइतबार, पुस १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्