संघीय सांसद शेरबहादुर तामाङ र प्रदेश सांसद उषाकला राईले छोडे ओली पक्ष
काठमाडौं, पुस ९ : संघीय सांसद शेरबहादुर तामाङ र प्रदेश सांसद उषाकला राईले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को केपी शर्मा ओली समूहको केन्द्रीय सदस्य...
काठमाडौं, पुस ९ : संघीय सांसद शेरबहादुर तामाङ र प्रदेश सांसद उषाकला राईले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को केपी शर्मा ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन्।
राई दम्पतीले बिहीबार बिहान संयुक्त्त विज्ञप्ती जारी गर्दै आफूहरु विघटित संसदको पक्षमा नरहेको र ओली समूहको केन्द्रीय सदस्य स्वीकार गर्न नसकिने बताएका छ्।
विज्ञप्तिमा उनीहरुले पार्टी विभाजनले कसैको हित नहुने भन्दै एक भएर देशको हितमा लाग्न आग्रह गरेका छन्।
प्रदेश १ बाट समाजिक विकास राज्य मन्त्री जसमाया गजमेर , झापाका सांसद गोपाल बुढाथोकी, उदयपुरकी सांसद कला घले, कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठलगायतले ओली समूहको केन्द्रीय सदस्य अस्वीकार गरिसकेका छन्।
प्रकाशित मिति: ११:५३ बजे, बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1791359764.jpg)