Kathmandu Press

सुरेन्द्र पाण्डेलाई नेकपा महासचिव बनाउने तयारी

काठमाडौं, पुस ९ : पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने तयारी गरेको छ।आज नेकपा केन्द्रीय कमिटी बैठक...
सुरेन्द्र पाण्डेलाई नेकपा महासचिव बनाउने तयारी

काठमाडौं, पुस ९ : पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने तयारी गरेको छ।

आज नेकपा केन्द्रीय कमिटी बैठक बस्दै छ। आजको बैठकबाट पाण्डेलाई महासचिव बनाउने तयारी गरिएको जनाएको छ।

अहिले नेकपा महासचिव विष्णु पौडल छन्। उनी प्रधानमन्त्री केपी शर्मा ओली समूहमा छन्। त्यसैले उनलाई हटाएर पाण्डेलाई महासचिव बनाउने तयारी गरिएको जनाएको छ।

वरिष्ठ नेता झलनाथ खनालको रोजाइमा पाण्डेलाई महासचिव बनाउन लागिएको स्रोतको भनाइ छ। महासविचका लागि प्रचण्डले वर्षमान पुन र जनार्दन शर्माको नाम अघि सारेका थिए भने नेपालले भीम रावललाई महासचिव बनाउन खोजेका थिए।

प्रचण्ड र नेपाल अध्यक्ष भएकाले झलनाथको रोजाइमा पाण्डेलाई महासचिव बनाउन लागिएको एक नेताले बताए।

 

प्रकाशित मिति: ११:३५ बजे, बिहीबार, पुस ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्