Kathmandu Press

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

काठमाडौं, पुस ९ : संसद् विघटनपछि आगामी रणनीति तय गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्न लागेको छ। आजको बैठकले आन्दोलनका कार्यक्रम...
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

काठमाडौं, पुस ९ : संसद् विघटनपछि आगामी रणनीति तय गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्न लागेको छ। आजको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्नेसक्ने जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गराएपछि कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको थियो। मंगलबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी रहेको छ।

बुधबार पनि केन्द्रीय सदस्यहरुले बोलेका थिए। केहीले आन्दोलनका कार्यक्रम घोषणा गर्न र केहीले निर्वाचनको तयारी गर्नुपर्ने मत राखेका थिए।

आजको बैठकमा थप केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्नेछन्। त्यस्तै, सरकारको संसद् विघटन गर्ने कदमविरुद्ध देशव्यापी प्रदर्शनका कार्यक्रम तय गरिने जनाएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद् विघटन गरेपछि सबै दलले विरोध गर्दै आएका छन्। समाजवादी जनता पार्टी र राप्रपाले आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ।

 

प्रकाशित मिति: १०:४३ बजे, बिहीबार, पुस ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्