Kathmandu Press

नेकपा विवाद : आज पनि दुवै पक्षको केन्द्रीय कमिटी बैठक बस्दैं 

काठमाडौं, पुस ९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुवै समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । प्रचण्ड–माधव नेपाल पक्षको बैठक विहान...
नेकपा विवाद : आज पनि दुवै पक्षको केन्द्रीय कमिटी बैठक बस्दैं 

काठमाडौं, पुस ९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुवै समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । प्रचण्ड–माधव नेपाल पक्षको बैठक विहान साढे ११ बजे बबरमहलस्थित एक ब्याङ्क्वेटमा बस्नेछ।  

बैठकले संसद विघटनविरुद्ध विरोधका कार्यक्रम घोषणा गर्ने कार्यक्रम छ । यसअघि मंगलबार बसेको बैठकले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउँदै वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो। 

पार्टीको संगठनात्मक कार्ययोजनाका विषयमा पनि केन्द्रीय समिति बैठकमा छलफल हुनेछ। हिजो संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीलाई दलको नेताबाट समेत हटाउँदै प्रचण्डलाई नै दलको नेता बनाउने निर्णय गरेको थियो। संसदीय दलको नेता चयन भएपछि प्रचण्डले संसद पुनस्र्थापना गरी नयाँ सरकार बनाउने आफूले पहल थाल्ने बताएका थिए। 

यस्तै ओली समूहको केन्द्रीय कमिटी पनि आजै बस्दै छ। ओली पक्षको बैठक केहिबेरमा बालुवाटारमा बस्ने छ । प्रधानमन्त्री निवास बालुवाटारमा म‌ंगलबार बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तोकेको छ।  ७८ मंसिरमा महाधिवेशन गर्ने ओली पक्षको तयारी छ। त्यस्तै केन्द्रीय कमिटी विस्तार गरेको छ। केन्द्रीय कमिटीलाई १ हजार १ सय ९९ सय सदस्यीय बनाइएको छ।

दुवै पक्षले आफूनै मुल पार्टी भन्दै दाबी गर्दै आएका छन्। चुनाव चिन्हका लागि दुवै पक्षले निर्वाचन आयोगमा निवेदन दिएका छन्। आयोगले छिट्टै चुनाव चिन्हको विवाद टुंग्याउने जनाएको छ। 

प्रकाशित मिति: ०९:०१ बजे, बिहीबार, पुस ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्