Kathmandu Press

पश्चिमी वायुको प्रभाव कायमै, मौसम भने सफा रहने 

काठमाडौं, पुस ९ : पश्चिमी वायुको प्रभाव कायमै रहँदा आज पनि मौसममा आंशिक बदली रहने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार...
पश्चिमी वायुको प्रभाव कायमै, मौसम भने सफा रहने 

काठमाडौं, पुस ९ : पश्चिमी वायुको प्रभाव कायमै रहँदा आज पनि मौसममा आंशिक बदली रहने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तापक्रम घट्ने तथा तराईमा हुस्सु लाग्ने क्रम जारी छ ।

अहिले गण्डकी, बागमती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका भूभागहरूमा आंशिक देखि सामान्य बदली रहे पनि बाँकी भूभागको मौसम सफा रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

पुस लागेसँगै ह्वात्तै बढेको चिसो मौसमी प्रणालीमा केही सुधार रहेकाले केही दिनदेखि तापक्रम बढ्न थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्रीमा झरेको छ । आज अधिकतम तापक्रम १९ देखी २० डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । 

प्रकाशित मिति: ०८:३५ बजे, बिहीबार, पुस ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्