रामचन्द्रजी चुनाव नजित्ने भएर चुनावको विरोधमा लागेका हुन् : प्रधानमन्त्री ओली
काठमाडौं, पुस ९ : प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस नेता रामचन्द्र पौडेलल तनहुँमा चुनाव नजित्ने भएकाले चुनावको विरोधमा लागेको आरोप लगाएका छन् ।बुधबार...
काठमाडौं, पुस ९ : प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस नेता रामचन्द्र पौडेलल तनहुँमा चुनाव नजित्ने भएकाले चुनावको विरोधमा लागेको आरोप लगाएका छन् ।
बुधबार योहो टिभीमा दिएको अन्तवार्तामा ओलीले व्यक्तिगत हार हुन्छ भनेर चुनावमा जान हुदैन भन्नु कांग्रेसले भन्न नमिल्ने बताएका हुन्।
‘रामचन्द्रजी अलिकति क्रान्तिकारी देखिन खोज्नु हुन्छ । उहाँको क्षेत्रमा एक युवाले उहाँलाई हराई सक्नु भएको छ । उहाँलाई चुनाव आकर्षणको विषय होईन, ओलीले भने, उहाँलाई सांसदको चान्स छैन। त्यो कुरा उहाँलाइ थाहा छ। त्यसैले चुनावको विरोध गर्नु भएको छ ।’ ओलीले भनेका छन् ।
प्रकाशित मिति: ०८:१५ बजे, बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1791359764.jpg)