ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित
काठमाडौं, पुस ९ : स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ ।घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा बुधबार राति भएको खेलमा...
काठमाडौं, पुस ९ : स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ ।
घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा बुधबार राति भएको खेलमा रियलले ग्रानडालाई २–० ले पराजित गरेको छ । रियलको जितमा फ्रेन्च फरवार्ड करिम बेन्जेमा र ब्राजिली मिडफिल्डर क्यासमिरोले गोल गरे ।
खेलको ५७औं मिनेटमा मार्को एसेन्सियाको क्रसलाई क्यासमिरोले हेडरमार्फत गोल गर्दै अग्रता लिएको रियलले इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा बेन्जेमाले इस्कोको पासमा गोल गर्दै जित पक्का गरेको हो । जितसँगै रियलले शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग अंक बराबरी गरेको छ ।
रियलको १५ खेलबाट ३२ अंक छ । तर, एट्लेटिकोले २ खेल कम खेलेको छ । पराजित ग्रानडा भने २१ अंक जोडेर सातौँ स्थानमा छ ।
प्रकाशित मिति: ०८:०५ बजे, बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











