भारतमा कोरोना संक्रमितको संख्या १ करोड १ लाख नाघ्यो

काठमाडौं, पुस ९ : भारतमा कोरोना संक्रमितको संख्या १ करोड १ लाख नाघेको छ । संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २४ हजार २३६ जनामा संक्रमण पुष्टि भएको हो ।
यो वृद्धिसँगै संक्रमितको संख्या १ करोड १ लाख २३ हजार ५४४ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९६ लाख ९२ हजार ६१ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४६ हजार ७७८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ३०२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४६ हजार ७७८ पुगेको हो ।
प्रकाशित मिति: ०७:५६ बजे, बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1791359764.jpg)