Kathmandu Press

संसद विघटनको विरोधमा कांग्रेसले देशव्यापी प्रदर्शन गर्ने 

काठमाडौं, पुस ८ : नेपाली कांग्रेसले संसद विघटनको विरोधमा देशव्यापी प्रदर्शन गर्ने भएको छ। बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले संसद विघटनको विरोधमा...
संसद विघटनको विरोधमा कांग्रेसले देशव्यापी प्रदर्शन गर्ने 
कांग्रेस पार्टी कार्यालय।

काठमाडौं, पुस ८ : नेपाली कांग्रेसले संसद विघटनको विरोधमा देशव्यापी प्रदर्शन गर्ने भएको छ। 

बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले संसद विघटनको विरोधमा देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। तर, प्रदर्शनको मिति भने बिहीबारको बैठकले टुंगो लगाउने उनले जानकारी दिए।

‘कांग्रेसले संसद विघटनको विरोधमा  ७७ वटै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको छ। तर प्रदर्शनको मिति र कार्यक्रम भोलि (बिहीबार)को बैठकले टुंगो लगाउने छ,’ शर्माले भने। 

प्रवक्ता शर्माले कांग्रेस लोकतन्त्र र संविधानको पक्षमा आफ्नै ब्यानरमा आन्दोलनमा जाने बताए। 

बुधबारको बैठकमा केन्द्रीय सदस्यहरु डा. रामशरण महत, बलबहादुर केसी, आनन्द ढुंगाना र गगन कुमार थापाले आ–आफ्नो धारणा राखेका थिए। बैठक बिहीबार दिउँसो १ बजे पुनः बस्ने प्रवक्ता शर्माले जानकारी दिए।
 

प्रकाशित मिति: २३:१७ बजे, बुधबार, पुस ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्