Kathmandu Press

२८७ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोगमा प्रचण्ड–नेपाल समूह बुझायो पत्र

काठमाडौं, पुस ८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएको र...
२८७ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोगमा प्रचण्ड–नेपाल समूह बुझायो पत्र

काठमाडौं, पुस ८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएको र नेपाललाई अध्यक्षमा चयन गरेको जानकारी निर्वाचन आयोगलाई गराएको छ।

बुधबार प्रचण्ड–नेपाल समूहका नेताहरु लीलामणि पोख्रेल, सुरेन्द्र पाण्डेसहित निर्वाचन आयोग पुगेर ओलीलाई अध्यक्षबाट हटाएको र नेपाललाई अध्यक्षमा चयन गरेको बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहितको पत्र आयोगमा दर्ता गराएको हुन्।

निर्वाचन आयोगमा बुझाइएको पत्रमा दुई सय ८७ जना केन्द्रीय सदस्यको हस्ताक्षर रहेको नेता पोख्रेलले जानकारी दिए। ‘निर्वाचन आयोगमा बुझाइएको पत्रमा २८७ जना केन्द्रीय सदस्यको हस्ताक्षर छ। केही साथीहरुले कारणबश उपस्थित हुन नसकेको र आफ्नो समर्थन रहेको बताउनु भएको छ,’ उनले भने।

यसअघि मंगलबार नेकपाका अध्यक्ष केपी शर्मा ओली समूहले केन्द्रीय कमिटी ४४७ सदस्यीयबाट विस्तार गरेर ११९९ सदस्यीय बनाएको भनेर निर्वाचन आयोगमा जानकारी गराइसकेको छ। ओली समूहले साबिकको ४४७ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय घोषणा गरेका गरेको थियो। 

ओली र प्रचण्ड–नेपालव समूहले आधिकारिक नेकपा आफ्नो समूह रहेको दाबीसहित निर्वाचन आयोगमा पत्र दर्ता गरेपछि अब नेकपाको कुन समूहले वैधानिक हो भन्ने निर्णय आयोगले नै गर्नेछ।
 

प्रकाशित मिति: २१:४९ बजे, बुधबार, पुस ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्