Kathmandu Press

निर्वाचनदेखि कांग्रेस डराउँदैन, लड्न तयार छ : नेतृ भुसाल

काठमाडौं, पुस ८ : नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले सत्तारुढ नेकपाले जनमतलाई अपमान गरेको आरोप लगाएकी छिन्। उनले जनताले लामो समयको संघर्ष र आन्दोलनबाट प्राप्त...
निर्वाचनदेखि कांग्रेस डराउँदैन, लड्न तयार छ : नेतृ भुसाल

काठमाडौं, पुस ८ : नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले सत्तारुढ नेकपाले जनमतलाई अपमान गरेको आरोप लगाएकी छिन्। 

उनले जनताले लामो समयको संघर्ष र आन्दोलनबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रपछि नेकपालाई दुई तिहाइको जनमत दिएको भएपनि उसले जनमतको यथोचित कदर नगरेको जिकिर गरेकी हुन्।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा नेतृ भुसालले मुलुकलाई समृद्धि र विकासमार्फत अघि बढाउने अभिभारा नेकपासँग भएको भएपनि संविधानको भावनाअनुसार काम नगरेर उल्टै जनमतको घोर अपमान गरेको बताइन्।

उनले नेपालको संविधानले स्थिर सरकार र स्थिर संसद चलाउने परिकल्पना गरेको पनि बताइन्। तर, वर्तमान सरकारले संसद नै विघटन गरेर त्यो भावनामाथि नै कुल्चिने काम गरेको उनको गुनासो छ। वर्तमान प्रधानमन्त्री ओलीले पाँच वर्षभित्र देशलाई विकास र सुशासन दिन्छु भनेर सार्वजनिक रुपमै प्रतिबद्धता जनाएपनि घोषणाअनुसार काम भने नभएको उनको आरोप छ। 

अब नेपाली कांग्रेसले के गर्छ ? भन्नेबारे प्रश्नमा उनले यसबारेमा वैचारिक बहस सुरु भएको बताइन्। उनले भनिन्,‘निर्वाचनको वातावरण तय गर्नुपर्छ। हामी निर्वाचनका लागि सधैं तयार छौँ। तर, हामी अदालतको निर्णय कुरेर बसेका छौँ। २०७२ को संविधान जारी भएपछि भएको चुनावको बेलामा पनि हामीले एउटा पार्टीलाई स्पष्ट बहुमतको जनादेश दिनुपर्छ भनेका थियौं। मुलुकको विकास र समृद्धिका लागि अनि स्थायित्वका लागि पनि संविधानसभा जितेको तर कांग्रेस हारेको थियो। संविधान कार्यान्वयनको पक्षमा हामी छौं। राजनीतिक अस्थिरताको मूल्य जनताले चुकाउनुपर्छ।’

उनले सत्तारुढ नेकपाले जनादेशको सम्मान नगरेको जिकिर गरिन्। उनले भनिन्,‘जबसम्म सरकार बन्न सक्ने ठाउँ हुन्छ, तबसम्म संसद विघटन हुँदैन। अदालतको निर्णय पर्खनुपर्नेछ। संसद पुनर्स्थापना गर्ने सम्भावना छ। निर्वाचन लड्न प्रतिपक्षी दल डराउँदैन, सधैं तयार छ। सिस्टमले मुलुकलाई चलाउँछ।’ 
 

प्रकाशित मिति: २१:१३ बजे, बुधबार, पुस ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्