कालिगण्डकी करिडोरमा ट्रक दुर्घटना, तीनको मृत्यु
काठमाडौं, पुस ८ : पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका– ३ भोक्रोफाँटको कालिगण्डकी करिडोरमा ट्रक भिरबाट खसेको छ। दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।ना.३ख ५३३९ नम्बरको...
काठमाडौं, पुस ८ : पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका– ३ भोक्रोफाँटको कालिगण्डकी करिडोरमा ट्रक भिरबाट खसेको छ। दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।
ना.३ख ५३३९ नम्बरको लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटनामा परी मृत्यु भएको तीन जनाको उद्धार कार्य भइरहेको छ।
बुलिङटार गाउँपालिकाको खामबेंसीबाट फर्कंदै गरेको ट्रक दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
ट्रक भिरबाट करिब एक सय मिटर तल खसेको छ।
प्रकाशित मिति: १९:२४ बजे, बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1791359764.jpg)