Kathmandu Press

प्रधानमन्त्री ओली र गृहमन्त्री बादलबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं, पुस ८ : प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीलाई भेट्न बादल बुधबार बिहान बालुवाटार पुगेका...
प्रधानमन्त्री ओली र गृहमन्त्री बादलबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं, पुस ८ : प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बीच भेटवार्ता भएको छ। 

प्रधानमन्त्रीलाई भेट्न बादल बुधबार बिहान बालुवाटार पुगेका हुन्।

संसद विघटन र मध्यावधि निर्वाचनको घोषणापछि ओली वा प्रचण्ड–नेपालसमूहमध्ये कुनैको भेलामा उपस्थित नभएका बादलले आज ओलीलाई भेटेका हुन्। मंगलबार बिहान बादललाई भेट्न प्रचण्ड पनि मन्त्री क्वाटर पुल्चोक पुगेका थिए।

बादल पक्षका नेताहरुले भने उनलाई प्रचण्डलाई साथ दिन दबाब दिँदै आएका छन्।

प्रकाशित मिति: १९:१५ बजे, बुधबार, पुस ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्