कोरोना संक्रमणको कारण सुर्खेतमा थप एकको मृत्यु
काठमाडौं, पुस ८ : कोरोना संक्रमणबाट सुर्खेतमा थप एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ७५ वर्षीय पुरुष रहेका छन्। कोरोनासँगै कडा निमोनिया र दीर्घ...
काठमाडौं, पुस ८ : कोरोना संक्रमणबाट सुर्खेतमा थप एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ७५ वर्षीय पुरुष रहेका छन्। कोरोनासँगै कडा निमोनिया र दीर्घ श्वास–प्रश्वासको समस्या देखिएपछि उनलाई मंसिर २३ गते जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको कोभिड १९ को आइसियू कक्षमा भर्ना गरिएको थियो। उनको उपचारकै क्रममा बुधबार बिहान मृत्यु भएको हो।
योसँगै कोरोना संक्रमणको कारण सुर्खेतमा मृत्यु हुनेको संख्या २३ पुगेको छ।
प्रकाशित मिति: १८:२३ बजे, बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1791359764.jpg)