Kathmandu Press

प्रतिनिधिसभा विघटनविरुद्ध परेको निवेदनमा सुनुवाई सुरु

काठमाडौं, पुस ८ : सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्ध परेको निवेदनमाथि सुनुवाई सुरु भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासबाट मुद्दाको सुनुवाई...
प्रतिनिधिसभा विघटनविरुद्ध परेको निवेदनमा सुनुवाई सुरु

काठमाडौं, पुस ८ : सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्ध परेको निवेदनमाथि सुनुवाई सुरु भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासबाट मुद्दाको सुनुवाई सुरु भएको हो।

मुद्दाको सुनुवाइ नेपाल बारबाट प्रत्यक्ष प्रसारणमार्फत बहस सुन्न पाउने व्यवस्था गरिएको छ। सीमित ठाउँ र सामाजिक दुरी कायम गर्नुपरेको भन्दै इजलासमा अरूलाई प्रवेश गर्न दिइएको छैन।

सर्वोच्चमा प्रतिनिधिसभा विघटनसम्बन्धी १२ वटा निवेदनहरु एकसाथ पेस भएका थिए। 

प्रकाशित मिति: १८:१५ बजे, बुधबार, पुस ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्