Kathmandu Press

केन्द्रीय कमिटीमा मनोनीत नयाँ सदस्यलाई प्रशिक्षण दिँदै ओली समूह

काठमाडौं, पुस ८ : प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको समूहले मंगलबार मनोनित केन्द्रीय सदस्यहरुलाई आजदेखि प्रशिक्षण दिने भएको छ। मंगलबार बालुवाटारमा आयोजित...
केन्द्रीय कमिटीमा मनोनीत नयाँ सदस्यलाई प्रशिक्षण दिँदै ओली समूह

काठमाडौं, पुस ८ : प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको समूहले मंगलबार मनोनित केन्द्रीय सदस्यहरुलाई आजदेखि प्रशिक्षण दिने भएको छ। 

मंगलबार बालुवाटारमा आयोजित केन्द्रीय कमिटीको बैठकले मनोनित गरेको ५ सय ५६ जनालाई केन्द्रीय सदस्यहरुलाई प्रशिक्षणको लागि प्रशिक्षक पनि तोकेको छ। कमिटीमा अझै १ सय ९६ जना थप्न बाँकी छ।

प्रशिक्षकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्यमन्त्रीहरू शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलगायत छन्।

प्रशिक्षणमा सरकारले तोकेको मध्यावधि निर्वाचनमा कसरी जाने, सरकारले प्रतिनिधिसभा विघटन गर्नुको कारण र पार्टी विभाजनलगायत विषयमा स्पष्ट धारणा राख्नका लागि बताइने जनाइएको छ।

प्रकाशित मिति: १८:०४ बजे, बुधबार, पुस ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्