Kathmandu Press

सरकार संकटमा परेपछि प्रचण्डलाई भेट्दै सुदूरपश्चिमका मुख्यमन्त्री

धनगढी, पुस ८ : नेकपामा आएको विभाजनले सरकार संकटनमा परेपछि सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भट्न लागेका छन्।आज दिउसो...
सरकार संकटमा परेपछि प्रचण्डलाई भेट्दै सुदूरपश्चिमका मुख्यमन्त्री

धनगढी, पुस ८ : नेकपामा आएको विभाजनले सरकार संकटमा परेपछि सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भट्न लागेका छन्।

आज दिउसो प्रचण्ड र मुख्यमन्त्री भट्टबीच भेटवार्ता तय भएको जनाएको छ। मुख्यमन्त्री भट्टले सरकारको अवस्थालाई लिएर प्रचण्डलाई भट्न लागेको जनाएको छ।

सुदूरपश्चिममा प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षका सांसद बढी भएपनि आपूर्तिमन्त्री लेखराज भट्ट प्रधानमन्त्री केपी शर्मा ओलीतिर गएकाले समस्या परेको हो। अहिले सुदूरपश्चिम प्रदेश सभामा नेकपाका ३९ सांसद छन्। ५३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि २७ सांसद चाहिन्छ।

नेकपाका ३९ सांसदमध्ये प्रचण्ड नेपाल पक्षका ३४ सांसद छन्। प्रधानमन्त्री ओली पक्षका पाँच जना मात्रै छन्।

तर, पूर्वमाओवादी नेता लेखराज भट्ट ओलीतिर गएकाले फेरबदल हुनसक्ने देखिएको छ। लेखराज पक्षका थप आठ सांसद ओली पक्षमा सामेल भएका छन्। यो सबै गरेर ओली पक्षका १३ सांसद बनेका छन्।

नेकपाका ३९ मध्ये १३ सांसद ओलीतिर जादा प्रचण्ड नेपाल पक्षमा २६ सांसद मात्रै हुनेछन्। जसले गर्दा सरकार एक सांसद कम हुँदा अल्पमतमा पर्ने देखिएको छ।

प्रचण्ड ओली पक्षका मुख्यमन्त्री भट्टलाई सरकार जोगाउँन ओली पक्षतिर लाग्न थालेका सांसदलाई रोक्ने वा कांग्रेस र राजपाको समर्थन जुटाउनुपर्नेछ। सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १२ र राजपाका दुई सांसद छन्।

यहि विषयमा छलफल गर्न मुख्यमन्त्री भट्टले नेकपा अध्यक्ष प्रचण्डलाई भेट्न लागेको जनाएको छ।

 

प्रकाशित मिति: १६:५४ बजे, बुधबार, पुस ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्