Kathmandu Press

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौं, पुस ८ : संसद् विघटनपछिको रणनीति तय गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आज पनि बस्न लागेको छ।कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबारदेखि सुरु...
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौं, पुस ८ : संसद् विघटनपछिको रणनीति तय गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आज पनि बस्न लागेको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबारदेखि सुरु भएको हो। मंगलबार केही केन्द्रीय सदस्यले बोलेका थिए। केन्द्रीय सदस्यको बोल्ने क्रम जारी रहेकाले आज पनि मध्याह्न १ बजे केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको छ।

कांग्रेस कार्यालय सानेपामा बस्ने बैठकमा थप केन्द्रीय सदस्यले बोल्ने जनाएको छ। मंगलबार वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य महेश आचार्य, डा. नारायण खड्का र एनपी साउदले बोलेका थिए।

त्यसअघि सभापति शेरबहादुर देउवाले सोमबार भएको सर्वदलीय बैठकबारे जानकारी गराएका थिए।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद् विघटन गरेपछि कांग्रेसले आकस्मिक रुपका केन्द्रीय

कार्यसमितिको बैठक बोलाएको हो। अन्य दलले पनि यससम्बन्धी छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएका थिए।

प्रकाशित मिति: १६:१७ बजे, बुधबार, पुस ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्