Kathmandu Press

संसद् विघटनविरुद्ध परेका १२ रिटको सुनुवाइ प्रधानन्यायाधीश जबराको इजलासमा

संसद् विघटनविरुद्ध परेका १२ रिटको सुनुवाइ सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासमा हुने भएको छ।
संसद् विघटनविरुद्ध परेका १२ रिटको सुनुवाइ प्रधानन्यायाधीश जबराको इजलासमा

काठमाडौं, पुस ८ : संसद् विघटनविरुद्ध परेका १२ रिटको सुनुवाइ सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासमा हुने भएको छ।

सर्वोच्च अदालतले सार्वजनिक गरेको दैनिक पेशी सूचिमा संसद् विघटनविरुद्धका सबै रिट प्रधानन्यायाधीश जबराको इजलासमा तोकिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद् विघटन गराएका थिए। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरि आगामी वैशाख १७ र २७ गते मध्यावति निर्वाचनको मिति तोकेकी थिइन्।

यसका विरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका छन्। सबै रिटमा संसद् विघटन गर्ने कदम असंवैधानिक भएकाले बदर गर्न माग गर्दै राष्ट्रपति, प्रधानमन्त्री, प्रधानमन्त्रीको कार्यालयलाई विपक्षी बनाइएको छ।

सर्वोच्चमा परेका १३ रिटमध्ये एउटा रिट संवैधानिक इजलासमा पठाइएको छ भने १२ रिटमा प्रारम्भिक सुनुवाइ तोकिएको छ। प्रारम्भिक सुनुवाइ हुने लागेका १२ रिट सर्वोच्चका प्रधानन्यायाधीश जबराको इजलासमा तोकिएका छन्।

 

प्रकाशित मिति: १५:५२ बजे, बुधबार, पुस ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्