संसद् विघटनविरुद्ध दायर रिटको सुनुवाइ आज
काठमाडौं, पुस ८ : संसद् विघटनविरुद्ध परेका रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा...
काठमाडौं, पुस ८ : संसद् विघटनविरुद्ध परेका रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन्। यो संविधानविपरित भएको दावी गर्दै सर्वोच्च अदालतमा १३ वटा रिट परेका छन्।
सर्वोच्चमा परेका १३ रिटमध्ये १२ रिटमा आज सुनुवाइ हुन लागेको हो। एउटा रिट भने सिधै संवैधानिक इजलासमा पठाइएको छ।
संसद् विघटनसम्बन्धी संवैधानिक इजलासमा पठाइएको रिटमाथि भने शुक्रबार सुनुवाइ हुनेछ। अरु रिटमा हुने प्रक्रिया यि रिटमा पनि हुने सर्वोच्च अदालत प्रवक्ता भद्रकाली पोखरेलले बताइन्।
आज प्रारम्भिक सुनुवाई कसको इजलासमा पर्ने तोकिएको छैन। सर्वोच्च अदालत खुलेपछि १० बजेपछि इजलास तोकिनेछ।
संसद् विघटनको कदमलाई सबै संविधानविद् र कानुनविद्ले असंवैधानिक भनेका छन्। त्यस्तै, सबै राजनीतिक दलले पनि यसको विरोध गरेका छन्।











-1791359764.jpg)