फिफाका पूर्वअध्यक्ष ब्लाटरमाथि पुनः भ्रष्टाचारको आरोप
काठमाडौ, पुस ८ : फिफाका पूर्वअध्यक्ष सेप ब्लाटरमाथि पुन: भ्रष्टाचार गरेको आरोप लागेको छ ।भ्रष्टाचार गरेको आरोपसँगै उनीविरुद्ध फिफाले उजुरी पनि दर्ता गरेको...
काठमाडौ, पुस ८ : फिफाका पूर्वअध्यक्ष सेप ब्लाटरमाथि पुन: भ्रष्टाचार गरेको आरोप लागेको छ ।
भ्रष्टाचार गरेको आरोपसँगै उनीविरुद्ध फिफाले उजुरी पनि दर्ता गरेको छ । स्विट्जरल्याण्डको जुरीचमा फिफा म्यूजियम बनाउने बेलामा उनले मोटो रकम भ्रष्टाचार गरेको ठहर गरेको छ ।
त्यो म्यूजियम बनाउने बेलामा ब्लाटरसहित अरु फिफा पदाधिकारीको संलग्नता रहेको बताइएको छ । ब्लाटर सन् २०१५ मा भ्रष्टाचारको आरोपका कारण पदबाट राजिनामा दिनुपरेको थियो ।
त्यो बेला विश्वकपको आयोजक देशको निर्णय गर्दा रकम लिएको भनिएको थियो । ८४ वर्षे ब्लाटर अध्यक्ष रहेका बेला चार सय २० मिलियन पाउण्ड खर्च गरेर म्यूजियम बनाइएको थियो । सन् २०१३ मा यो प्रोजेक्ट सुरु भएर दुई वर्षमा सकिएको थियो ।
प्रकाशित मिति: १४:२६ बजे, बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











