Kathmandu Press

प्रचण्ड–नेपाल समूहको संसदीय दलको नेता प्रचण्डलाई बनाउने तयारी

काठमाडौं, पुस ८ : नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले अध्यक्ष पुष्पकमल दाहाल संसदीय दलको नेता  बनाउने तयारी थालेको छ ।आज दिउँसो १...
प्रचण्ड–नेपाल समूहको संसदीय दलको नेता प्रचण्डलाई बनाउने तयारी

काठमाडौं, पुस ८ : नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले अध्यक्ष पुष्पकमल दाहाल संसदीय दलको नेता  बनाउने तयारी थालेको छ ।

आज दिउँसो १ बजे बस्ने बैठकले संसदीय दलको नेता तोक्ने तयारी गरिएको बुझिएको छ ।  प्रचण्ड नेपाल पक्षको हिजो बसेको केन्द्रिय कमिटी बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर माधव नेपाललाई अध्यक्ष बनाएको छ।

बहुमत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको प्रचण्ड नेपाल पक्षले संसद विघटन असंवैधानिक भएको भन्दै संसद पुनःस्थापनाका लागि आवश्यक रणनीति तय गर्न पनि संसदीय दलको बैठक डाकेको हो।

प्रकाशित मिति: १३:५६ बजे, बुधबार, पुस ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्