Kathmandu Press

विश्वमा एकैदिन १३ हजार वढी कोरोना संक्रमितको मृत्यु 

काठमाडौ, पुस ८ : विश्वमा कोरोना संक्रमणबाट एकैदिनमा १३ हजार वढीले ज्यान गुमाएका छन् ।वल्र्डोमिर्टसका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार १ सय...
विश्वमा एकैदिन १३ हजार वढी कोरोना संक्रमितको मृत्यु 

काठमाडौ, पुस ८ : विश्वमा कोरोना संक्रमणबाट एकैदिनमा १३ हजार वढीले ज्यान गुमाएका छन् ।

वल्र्डोमिर्टसका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार १ सय ८० जना कोरोना संक्रमितको मृत्यु भएको हो । यो सँगै अहिलेसम्म विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७ लाख २२ हजार ८३७ पुगेको छ ।

Hardik ivf

बितेको २४ घण्टामा ६ लाख ४ हजार ८०१ संक्रमित थपिएका छन् । यो सँगै विश्वमा कोरोना संक्रमितको संख्या ७ करोड ८३ लाख ४६ हजार २७६ पुगेको छ । संक्रमितमध्ये २ करोड १५ लाख १२ हजार ७२ जनामा सक्रिय संक्रमण छ ।

उनीहरुमध्ये १ लाख ६ हजार ३८२ जनाको स्वास्थ्य अवस्था गम्भीर छ । अहिलेसम्म ५ करोड ५१ लाख ११ हजार ३७० जनाले कोरोनालाई जितेका छन् । संक्रमित राष्ट्रको सूचीमा अमेरिका सबैभन्दा माथि छ । 

प्रकाशित मिति: १३:४१ बजे, बुधबार, पुस ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्