Kathmandu Press

पश्चिमी वायुको प्रभाव, यस्तो छ तीन दिनको मौसमको अवस्था 

काठमाडौं, पुस ८ : हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । गण्डकी, लुम्बिनी, बागमती, कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ...
पश्चिमी वायुको प्रभाव, यस्तो छ तीन दिनको मौसमको अवस्था 

काठमाडौं, पुस ८ : हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । गण्डकी, लुम्बिनी, बागमती, कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

देशका अधिकांश स्थानको तापक्रममा घटेसँगै चिसो बढ्न सक्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन हुन सबैमा अनुरोध गरिएको छ। तराई तथा पहाडका केही भू–भागहरुमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ।

बुधबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आँशिक देखि सामान्य बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

बिहीबार देशका पहाडी भू–भागमा आँशिक बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।शुक्रबार देशभर मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित मिति: १३:३२ बजे, बुधबार, पुस ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्