Kathmandu Press

ला लिगामा बार्सिलोनाको सहज जीत, पेलेलाई पछि पार्दै मेस्सीले बनाए किर्तिमानी 

काठमाडौं, पुस ८ : स्पेनिस ला लिगा फुटबलमा बार्सलोनाले भालाडोलिडमाथि सहज जित निकालेको छ। जोस जोरिल्ला मैदानमा भएको खेलमा बार्सिलोनाले घरेलु टोलीमाथि ३-०...
ला लिगामा बार्सिलोनाको सहज जीत, पेलेलाई पछि पार्दै मेस्सीले बनाए किर्तिमानी 

काठमाडौं, पुस ८ : स्पेनिस ला लिगा फुटबलमा बार्सलोनाले भालाडोलिडमाथि सहज जित निकालेको छ। जोस जोरिल्ला मैदानमा भएको खेलमा बार्सिलोनाले घरेलु टोलीमाथि ३-० को जित निकालेको हो।

 बार्सिलोनाको जितमा क्लिमेन्ट लेग्लेन्ट, मार्टिन ब्रेथवेट र मेस्सीले १/१ गोलको योगदान दिए । यो सँगै उनमा महान ब्राजिलियन खेलाडी पेलेको कीर्तिमानलाई पछि पारेका छन्।

उनले बार्सिलोनाका लागि ६४४ औं गोल गर्दै एउटै क्लबका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन्। अघिल्लो खेलमै उनले पेलेसँगको कीर्तिमानलाई बराबरी बनाएका थिए।

पेलेले ब्राजिलियन क्लब सान्टोसबाट १९ सिजन खेल्दै ६४३ गोल गरेका थिए।जितसँगै १४ खेलबाट २४ अंक जोडेको बार्सिलोना अंकतालिकाको पाँचौं स्थानमा छ। त्यस्तै १४ अंक जोडेको भालाडोलिड १८ औं स्थानमा छ।

प्रकाशित मिति: १३:०३ बजे, बुधबार, पुस ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्