Kathmandu Press

बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक

काठमाडौं, पुस ७ :  सरकारले बेलायतबाट नेपाल प्रवेशमा रोक लगाएको छ।मंगलबार बसेको कोभिड नियन्त्रण सम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट नेपाल आउने...
बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल।

काठमाडौं, पुस ७ :  सरकारले बेलायतबाट नेपाल प्रवेशमा रोक लगाएको छ।

मंगलबार बसेको कोभिड नियन्त्रण सम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो। 

बैठकले बेलायतबाहेक अन्य देशबाट बेलायतको ट्रान्जिट हुँदै नेपाल आउन समेत रोक लगाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईले जानकारी दिए।

उनका अनुसार बेलायतमा नयाँ भाइरस देखिएको र भाइरस पहिलेको भन्दा बढी संक्रामक पाइएपछि बेलायतबाट नेपाल प्रवेशमा रोक लगाइएको हो। युरोपियन युनियनले बेलायतसँग सिधा उडान र आवतजावत रोकेपछि नेपाल सरकारले पनि नेपाल प्रवेशमा रोक लगाएको हो।

बैठकले पुस १ गते यता नेपाल आएकाहरुले अनिवार्य रुपमा ७ दिन क्वरेण्टाइन बसि जाँच गरेपछि मात्र घर गन्तब्य जान पनि अनुरोध गरेको छ।

प्रकाशित मिति: ००:५२ बजे, बुधबार, पुस ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्