माधव नेपाललाई अध्यक्ष बनाउने निर्णयमा प्रभु साहको असहमति
काठमाडौं, पुस ७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटी सदस्य प्रभु साहले माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णयको विरोध गरेका छन्। बबरमहलस्थित कार्की...
काठमाडौं, पुस ७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटी सदस्य प्रभु साहले माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णयको विरोध गरेका छन्।
बबरमहलस्थित कार्की पार्टी प्यालेसमा मंगलबार बसेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षधर केन्द्रीय कमिटीको बैठकले नेपाललाई प्रचण्डपछिको दोस्रो वरियताको अध्यक्ष बनाउने निर्णय गरेको थियो।
निर्णय सुनाएलगत्तै केन्द्रीय कमिटीको बैठकमै साहले नेपाललाई अध्यक्ष बनाउने निर्णयको विरोध गरेका थिए। तर, प्रवक्ता नारायणकाजी श्रेष्ठले कमिटीले निर्णय गरिसकेकाले छलफल गर्नु उपयुक्त नभएको बताएका थिए।
बैठकमा पूर्वमाओवादी समूहका साहले पार्टीमा एकल अध्यक्षको व्यवस्था गर्नु पर्ने बताए। ‘एउटा पार्टीभित्र दुई अध्यक्ष राख्न उचित हुँदैन। यो निर्णयमा मेरो सहमति छैन,’ साहले भने। अध्यक्षमा चयन भएका नेपाल र केन्द्रीय सदस्य साह रौतहटकै हुन्।











-1791359764.jpg)