Kathmandu Press

नारायणकाजीले भने- म कुनै व्यक्ति र गुटको प्रवक्ता होइन, नेकपाको प्रवक्ता हुँ

काठमाडौं, पुस ७  : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले आफू नै नेकपाको आधिकारिक प्रवक्ता भएको बताएका छन्। बबरमहलस्थित कार्की पार्टी...
नारायणकाजीले भने- म कुनै व्यक्ति र गुटको प्रवक्ता होइन, नेकपाको प्रवक्ता हुँ
नारायणकाजी श्रेष्ठ।

काठमाडौं, पुस ७  : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले आफू नै नेकपाको आधिकारिक प्रवक्ता भएको बताएका छन्। 

बबरमहलस्थित कार्की पार्टी प्यालेसमा मंगलबार बसेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षधर केन्द्रीय कमिटीको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै श्रेष्ठले आफू नै नेकपाको प्रवक्ता भएको दाबी गरेका हुन्। 

तपाईंलाई प्रवक्ताबाट हटाइएको रहेछ नि भन्ने पत्रकारहरुको प्रश्नमा श्रेष्ठले भने,‘म कसैको व्यक्ति र गुटको प्रवक्ता होइन। म नेकपाको प्रवक्ता हो।’

श्रेष्ठले कुनै तथाकथित गुटको कुनै भेलाको कुनै निर्णयसँग नेकपाको प्रवक्ताको जिम्मेवारीसँग सम्बन्धित नरहेको बताए।

यसअघि मंगलबार बिहान बालुवाटारमा बसेको अध्यक्ष केपी शर्मा ओली पक्षधर केन्द्रीय कमिटीको बैठकले श्रेष्ठलाई पार्टी प्रवक्ताबाट हटाएर प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको थियो। 
 

प्रकाशित मिति: २३:५६ बजे, मंगलबार, पुस ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्