Kathmandu Press

ओलीलाई नेकपाको अध्यक्षबाट हटाउने प्रचण्ड–नेपाल समूहको निर्णय

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको छ। 
ओलीलाई नेकपाको अध्यक्षबाट हटाउने प्रचण्ड–नेपाल समूहको निर्णय

काठमाडौं, पुस ७ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको छ। 

मंगलबार बबरमहलस्थित कार्की पार्टी प्यालेसमा आयोजित बसेको प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको बैठकले ओलीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्षबाट हटाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए। 

प्रधानमन्त्री ओलीले संविधान, लोकतन्त्र, पार्टी र पार्टी एकताविरुद्ध काम गरेकाले पार्टी अनुशासनको गम्भीर उल्लंघन गरेकाले अन्तरिम विधान अनुसार अनुशासनको कारबाही गर्दै पार्टी अध्यक्षको जिम्मेवारीबाट मुक्त गरिएको प्रवक्ता श्रेष्ठले बताए। 

प्रकाशित मिति: २३:०७ बजे, मंगलबार, पुस ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्