Kathmandu Press

ओली निरंकुश र तानाशाही शासक बने : वरिष्ठ नेता खनाल 

काठमाडौं, पुस ७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निरंकुश र तानाशाही शासक भनेका छन्। बबरमहालस्थित कार्की...
ओली निरंकुश र तानाशाही शासक बने : वरिष्ठ नेता खनाल 

काठमाडौं, पुस ७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निरंकुश र तानाशाही शासक भनेका छन्। 

बबरमहालस्थित कार्की पार्टी प्यालेसमा आयोजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री बनेदेखि ओली गुटबन्दीमा लागेको बताएका हुन्।

‘पार्टीलाई भऱ्याङ बनाएर जानुभो, तर पार्टीका लक्ष्य, निर्णयलाई मान्नुभएन, उनले भने, ‘मनपरी ढंगले अघि बढ्नुभो। क्याबिनेट फर्मेसन गर्दा पूर्वमाओवादीलाई प्रतिनिधित्व गर्नुभो, तर पूर्वएमालेका गुटका मान्छेलाई मात्रै लिनुभो।’ 

उनले भने,‘पूर्वएमालेमा हुँदा पनि केपी ओलीले गुटबन्दी गरे। छैटौँ महाधिवेशनमा गुटबन्दी गरे, यस्तै सातौँ, आठौँ र नवौँसम्म गुटबन्दी नै गरे। एकता भएपछि सुध्रेला भनेको त फेरि पनि गुटबन्दी गरे उनले । र, त्यसैअनुसार सरकार चलाए।’ 

प्रकाशित मिति: २१:४८ बजे, मंगलबार, पुस ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्