संसद विघटनको निर्णयविरुद्ध नेकपाका सांसदहरुद्वारा सर्वोच्चमा रिट दायर
सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
काठमाडौं, पुस ७ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका सांसदहरुले प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
प्रचण्ड-नेपाल समूहका नेकपाका सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले सर्वोच्च अदालत पुगेर संसद विघटनको निर्णय बदर गर्न माग गर्दै मंगलबार सर्वोच्चमा रिट दायर गरेका हुन्।
रिटमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्दा सांसदहरु पाँच वर्षसम्म नागरिकको प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएकाले संसद विघटनको निर्णय बदर गर्न माग गरिएको छ।
‘रिटमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ।
प्रकाशित मिति: २१:२७ बजे, मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1791359764.jpg)