Kathmandu Press

प्रधानमन्त्री ओलीले बालुवाटारमा गरेको बैठक गुटको भेलामात्रै : माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा गरेको बैठक गुटको भेलामात्रै भएको बताएका छन्। 
प्रधानमन्त्री ओलीले बालुवाटारमा गरेको बैठक गुटको भेलामात्रै : माधव नेपाल
माधवकुमार नेपाल।

काठमाडौं, पुस ७ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा गरेको बैठक गुटको भेलामात्रै भएको बताएका छन्। 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधर केन्द्रीय सदस्यरुको भेलालाई मंगलबार सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले पहिलो अध्यक्ष म हुँ मैले गरेको निर्णय नै आधिकारिक हुन्छ भन्ने नसोचे पनि हुने बताए।  उनले पार्टीको नाममा धावा बोल्दैमा बैधानिकता नपाउने बताए। 

भेलामा नेपालले पार्टी एकता हुँदा नै दुवै पार्टी विघटन भइसकेकाले नेकपा एमाले ब्यूँताउन नसक्ने बताए। ‘मैले सुनेको छु नेकपा एमाले ब्यूँताउने कुरा भइरहेको छ रे। पार्टी एकता हुँदा दुवै पार्टी विघटन भइसकेका छन्। अब कसैले चाहेर एमाले ब्यूँतिन सक्दैन,’ उनले भने।

प्रकाशित मिति: २१:१५ बजे, मंगलबार, पुस ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्