Kathmandu Press

बामदेवलाई भेट्न भैँसेपाटी पुगे गृहमन्त्री थापा

काठमाडौं, पुस ७ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्री एवं सचिवालय सदस्य रामबहादुर थापा बादलबीच छलफल...
बामदेवलाई भेट्न भैँसेपाटी पुगे गृहमन्त्री थापा

काठमाडौं, पुस ७ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्री एवं सचिवालय सदस्य रामबहादुर थापा बादलबीच छलफल भएको छ। 

गृहमन्त्री बादल उपाध्यक्ष गौतमलाई भेट्न मंगलबार दिउँसो भैँसेपाटी पुगेका हुन्।  गौतमका सहयोगी विश्वमणी सुदेवीका अनुसार उपाध्यक्ष गौतम र गृहमन्त्री बादलबीच अहिले छलफल भइरहेको छ।

उपाध्यक्ष गौतम र सचिवालय सदस्य एवं गृहमन्त्री बादल अध्यक्ष केपी शर्मा ओली पक्षधर र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवै पक्षको भेलामा सहभागी भएका छैनन्। 

उपाध्यक्ष गौतमले पार्टी फुटको घोषणा गर्ने कुनै पनि भेलामा आफू सहभागी नहुने यसअघि नै घोषणा गरेका थिए। गृहमन्त्री बादल पनि ओली र प्रचण्ड समूहका कुनै पनि भेलामा सहभागी भएका छैनन्। 

प्रधानमन्त्री ओली  र अर्का अध्यक्ष प्रचण्ड समूहले आआफ्ना भेलामा आउन गौतम र बादललाइृ आग्रह गरेपनि उनीहरु दुवैतिरका भेलामा सहभागी हुन अस्वीकार गर्दै आएका छन्। गौतम र बादललाई फकाउन मंगलबार बिहान प्रचण्डसहितका नेताहरुले भेटेका थिए।
 

प्रकाशित मिति: २०:४९ बजे, मंगलबार, पुस ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्