Kathmandu Press

प्रचण्ड-नेपाल समूहको बैठकमा ओलीलाई कारबाही गर्नेसहित ९ एजेण्डा प्रस्तुत

काठकाडौं, पुस ७ : नेपाल कम्युनिट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहको केन्द्रीय समिति बैठक सुरु भएको...
प्रचण्ड-नेपाल समूहको बैठकमा ओलीलाई कारबाही गर्नेसहित ९ एजेण्डा प्रस्तुत

काठकाडौं, पुस ७ : नेपाल कम्युनिट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहको केन्द्रीय समिति बैठक सुरु भएको छ।
 
बैठकमा नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्ने लगायतका ९ वटा एजेन्डा प्रस्तुत गरिएको छ। 

बबरमहलस्थित कार्की व्याक्वेटमासुरु भएको बैठक आजै नसकिने सम्भावना रहेको नेकपाका प्रवत्ता नारायणकाजी श्रेष्ठले बताएका छन्। ‘वितरित प्रस्तावबारे केन्द्रीय सदस्यहरुले बोल्नुहुन्छ। सबैका कुरा सुनेरमात्रै निर्णयमा गइन्छ’ उनले भने।

एजेन्डाहरुमा कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउनेदेखि आन्तरिक समस्या समाधानसम्बन्धी प्रस्ताव रहेका छन्।
 

प्रकाशित मिति: २०:३५ बजे, मंगलबार, पुस ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्