अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्छ भन्ने भ्रममा नपर्न ओलीको आग्रह
काठमाडौं, पुस ७ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्छ भन्ने भ्रम फैलाएको बताएको छ। मंगलबार...
काठमाडौं, पुस ७ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्छ भन्ने भ्रम फैलाएको बताएको छ।
मंगलबार बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकमा प्रधानमन्त्री समेतरहेका अध्यक्ष ओलीले चुवान हुन्छ वा हुन्न भन्नेमा दुविधा नहुन आग्रह गरेका हुन्।
उनले भने, ‘चुनाव हुनेमा कुनै दुविधा नराख्नुहोला। हाम्रो पार्टीले ५० लाख समानुपातिक मतसहित दुई तिहाई ल्याउँछ।’
आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक राखेका ओलीले केन्द्रीय कमिटी विस्तार गर्दै ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको छ।
साथै, २०७८ मंसिर २ मा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ।
उनले अहिले केन्द्रीय समितिले काम गर्न नसकेकाले भन्दै नयाँ साथीहरु थपेर पार्टी गतिशील बनाउन खोजिएको बताए।
प्रकाशित मिति: २०:११ बजे, मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1791359764.jpg)